काठमाडौं – रोल्पामा पोखरीमा डुबेर एक जना महिलाकोे मृत्यु भएको छ ।

रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएकी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ पशुपतिनगरकी २४ वर्षीया चन्द्रा सुनार पोखरीमा डुवेर मृत्य भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । 

श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । नुहाएर आउन अलि ढिला भएपछि हेर्न जाँदा पोखरीमा श्रीमतीलाई मृत अवस्थामा देखेपछि श्रीमानले तुरन्त प्रहरीलाई खबर गरेका थिए । 

चन्द्राका श्रीमान उमेश सुनार इलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।  यस घटनाको बारेमा प्रहरीले थप अरु अनुसन्धान भइरहेको जनाएको छ ।