काठमाडौं : पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई वयानका लागि प्रहरीले बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ ।
सर्वसाधारणलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खाँडको प्रत्यक्ष संलग्नता देखिएपछि प्रहरीले अनुसन्धानका लागि गत साता उनलाई पक्राउ गरेको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडलाई काठमाडौं जिल्ला अदालतले आइतबार हिरासतमा राखेर अनुसन्धान गर्न चार दिनको म्याथ थप गरेको थियो ।
यसैगरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्ने गिरोहलाई सघाएको आरोपमा रायमाझीलाई पनी प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका आईजीको प्रत्यक्ष निर्देशनमा खटिएको टोलील उनलाई आइतबार साँझ बुढानिलकण्ठबाट नियन्त्रणमा लिएको होे ।
0 comment