काठमाडौँ – हिजो आएको हवा हुरीले रुख ढल्दा एक जना महिलाको रुखले थिचेर ज्यान गएको छ । यसरी ज्यान गुमाउनेमा ४२ वर्षीया नीराकुमारी महर्जनको रहेको प्रहरीले जनाइएको छ ।

चन्द्रागिरी नगरपालिका ८, माता तीर्थस्थित कुण्ड नजिकैको सडकमा हिँडिरहेको अवस्थामा रुखले किचेपछि स्थानीय महर्जन गम्भीर घाइते भएकी थिइन् । महर्जनको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा राति साढे १० बजे निधन भएको प्रहरीले जनाएको छ ।