काठमाडौं – चितवनको नारायणी नदीमा डुङ्ग पल्टिदा एक दम्पतीको मृत्यु भएको छ । 

यसरी मृत्यु हुनेमा पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर २ स्थित ५५ वर्षीय सोमबहादुर बोटे र उनको श्रीमती ४५ वर्षीय बगरी बोटेको रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी डिएसपी सन्तोष पाठकले जानकारी दिनुभएको छ ।

प्रहरीका अनुसार नारायणी पारी निगुरोको साँग टिप्न जान लागेको समयमा डुंगा डुबेर बेपत्ता भएका बोटे दम्पती मृत अवस्थामा फेला परेका हुन । मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ । 

आइतबार साँझ आएको ठूलो हावाहुरीको समयमा नदी पार गर्दा डुंगा डुबेर बेपत्ता भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।