सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका वडा नंबर ५ स्थित अस्थाई प्रहरी पोस्टमा प्रहरीको उपयोगको लागी भनेर राखिएको सवारी साधन दयनीय अवस्थामा छ ।

गाउँपालिकाभित्र कुनै पनि घटना घटेको खण्डमा समयमै घटना स्थल पुग्न प्रयोग गरीनुपर्ने सवारी बा २ व ६७७२ नंम्बरको बजाज डिसकभर मोटरसाइकल दुई जना बस्दा उकालो चढ्न नसक्ने देखियो ।

सर्वसाधारण जनताको गुनासो आएपछी स्थिती के रहेछ भनेर बुझ्न जाँदा सवारी साधन दयनीय अवस्थामा देखेपछी गाउँपालिकाको कार्यकारीसमक्ष गुनासो पोख्दा उल्टै नियम पढेर आउनु भन्ने निर्देशन आयो ।

जनप्रतिनिधिले ७० देखी ८० लाखको गाडी चढेको भेटिने गाउँपालिकाका नेता र जनताको सुरक्षा दिने प्रहरीले प्रयोग गर्ने सवारी साधन चाहिँ यस्तो अवस्थाको हुनु कत्तिको न्यायोचित छ ? 

भोलीका दिनमा चोरी, डकैती, लुटपाट, हत्या, अपहरण जस्ता घटना नभएर प्राकृतीक विपत्ती मात्रै आइपर्‍यो भने यहाँका जनताले प्रहरीको तर्फबाट सहयोगको अपेक्षा गर्ने कि नगर्ने त ?