काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलिले कतार पुलिसको जागिरमा लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ  ।

पक्राउ पर्नेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१०, थापागाउँ बस्ने ४९ वर्षीय रुद्रबहादुर लिम्बू छन्। प्रहरीले लिम्बूलाई शुक्रबार राति धुम्बाराहीबाट पक्राउ गरेको हो।

लिम्बूसमेतले १९ जनालाई कतार पठाएर पुलिसको जागिरमा लगाइदिने र मासिक एक लाख रुपैयाँभनदा धेरै तलब हुने प्रलोभनमा पारी ६९ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

बैदेशीक रोजगार बिभागले ठगी गर्ने व्यक्तीलाई पक्राउ गर्न पठाएको पत्रको आधारमा पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।