काठमाडौं – सिन्धुपाल्चोकमा सवारी साधन दुर्घटना भए पछि बेपत्ता भएका चालकलाई बचाउन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

यही बैशाख २५ गते राति २ बजे हेलम्बु गाउँपालिका वडा नं–२ स्थित ढोडेनीमा छ्वाली अनलोड गर्ने क्रममा मिनीट्रकले ठक्कर दिँदा ३० वर्षीया पेमा तामाङको घटनास्थलमै मृत्यु भएपछि चालक फरार भएका थिए ।

दुर्घटना भएको बखत आफैँले मिनीट्रक चलाएको हो भन्दै सवारीचालक अनुमतिपत्र नभएका नक्कली चालक हेलम्बु–२ का ४२ वर्षीय छेनाम तामाङलाई बचाउन प्रहरी सामू सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ पीपलडाँडाका ३० वर्षीय ईश्वर बस्नेत स्वम् उपस्थित भएर आत्मसमर्पण गरेका थिए ।

उनले दिएको वयानमा प्रहरीलाई शङ्का लागेपछि अनुसन्धन गर्दा बस्नेतले घटना भएको बेलामा गाडी नचलाएको तर तामाङले नै चलाएको खुलेपछि उनलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

सक्कली र नक्कली दुबै चालकलाई पक्राउ गरी प्रमाण दबाउन नहुने सम्वन्धी कसुरमा सात दिन म्याद थप गरी थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।