काठमाडौं – यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ । शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो ।
सफल आरोहण गर्नेमा ३ विदेशी र ३ नेपाली गरी ६ जना रहेका छन् । ६ जना आरोहीले सगरमाथा चुचुरोमा सफलतापूर्वक पाइला टेकेसँगै यो सिजनको आरोहण सुरु भएको हो ।
खुम्बु पासाङल्हमु गाउँपालिका वडा नम्बर ४ पाङबोचे निवासि पासाङदावा शेर्पाले २६ औं पटक सगरमाथाको शिखर चुमेर नयाँ किर्तिमान राखेको सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसि) का अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिएका छन् ।
पहिलो सफल आरोहण गर्नेमा पाकिस्तानी नागरिक माईली तानी, अमेरिकन महिला आरोही जेसिका र हंगेरियाका मटन टि सेर्स रहेका छन् ।
त्यस्तै आज सफल आरोहण गर्नेमा खुम्बुपासाङल्हमु ५ थामेका पासाङतेम्बा शेर्पा र सोही गाउँका आङङिमा शेर्पा रहेका छन् । अहिले आधार शिविरभन्दा माथि सयौंको संख्यामा आरोही चुचुरोतर्फ लागेका छन् ।
आरोहणको ७० बर्षे इतिहासमा पहिलो पटक सगरमाथामा धेरै आरोहीले आरोहण अनुमति लिएका छन् ।
0 comment