काठमाडौं – दाङ्गमा अबैध रुपमा नदिजन्य पदार्थ ओसार पसार गर्ने ८ वटा ट्याक्टरलाई प्रहरीले नयन्त्रणमा लिएको छ । अबैध रुपमा गिट्टी बालुवा ओसार पसार गरिरहेको अवस्थामा ८ वटा ट्याक्टरलाई यसरी प्रहरीले नियन्त्रणमा लिएको हो । 

अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन कार्य बढ्न थालेपछि राजस्व संकलन गर्ने उदेश्यका साथ दंगीशरण गाउँपालिकाले अमानतमा ठेक्का खोलेको छ । तर, त्यसको अटेर गर्दै ठेली नकाटेर अबैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय हेकुलीका इन्चार्ज एवम् प्रहरी नायब निरीक्षक (सइ) भिम रावतको कमान्डमा खटिएको प्रहरीको टोलीले अबैध रुपमा गिट्टी बालुवा ओसार पसार गर्ने ८ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले जानकारी दिनुभएको छ । 

प्रहरी निरीक्षक केसीका अनुसार रा. १ त ४३९४ र रा. १ त ४३९५ नम्बरको ट्याक्टरलाई दंगीशरण ६ सिम्ठानाको बबई नदिबाट बालुवा सहित नियन्त्रणमा लिएको हो भने रा.१ त ४१६९, रा.१ त ३५९१, रा.१ त २९७७, लु.४ त ३७२३, रा.१ त १३१७ र रा.१ त ३१२४ नम्बरको ट्याक्टरलाई दंगीशरण ४ स्थित बबई नदि र पातुखोला आसपासका क्षेत्रबाट गिट्टी बालुवा सहित नियन्त्रणमा लिएको बताउनु भएको छ । 

प्रहरीले २ वटा ट्याक्टरलाई २०÷२० हजारका दरले जरिवाना लिएर छोडेकोे छ भने अन्य ६ वटा ट्याक्टर अझै नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ ।