काठमाडौं – बालुवाटारमा छलफलका लागि प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको छ ।
प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा छलफल भइरहेको ओली सचिवालयले जनाएको हो ।
तीन शीर्ष नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल हुने श्रोतले जनाएको छ ।
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी एमाले सचिव टोपबहादुर रायमाझिलाई पक्राउ पूर्जी जारी गरेको छ भने एमाले, कांग्रेस र माओवादीका नेता तथा उनीहरुका श्रीमती, छोराहरु पछिल्लो समयमा मुछिएपछि राजनीति वृत तरंगित बनी रहेकोवेला यो भेटघाटलाई विषेश रुपमा हेरीएको छ ।
पछिल्लो समय संसदमा समेत यो विषयले प्राथमिकता पाएका छन् । सांसदहरुले नक्कली भुटानी शरणार्थी प्रकरण, क्यान्टोनमेन्ट घोटाला, यति ओम्नि काण्ड, वाइडबडी लगायतका मुद्दाको छिनोफानो हुनुपर्ने तर्क गर्दै आएका छन् । नागरिकस्तरबाट पनि शनिबार भ्रष्टाचारको विरोधमा प्रदर्शन भएको थियो ।
उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छलफल हुने बताइएको छ ।
0 comment