काठमाडौं – पेरुको सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ ।
पेरुको दक्षिणी क्षेत्रमा रहेको एक सुन खानीमा आगलागी हुँदा कम्तीमा २७ जना कामदारको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
सरकारी अभियोजक जियोभान्नी माटोसले च्यानल एन टेलिभिजनलाई दिएको जानकारीअनुसार खानीभित्र २७ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार सुदूर कोन्डेसुयोस प्रान्तको खानीमा विस्फोट भएपछि आगलागी सुरु भएको हो ।
एस्पेरान्जा खानीभित्रको सुरुङमा विद्युत सर्किट सर्ट हुँदा आगलागी भएको प्रहरी र सरकारी अधिवक्ताको कार्यालयले जनाएको छ । प्रहरीले मृतकको विवरण सङ्कलन गरेपछि मात्रै आगलागीको खबर प्रकाशित गरेको थियो । उद्धार टोलीले मृतकको शव निकाल्नु अघि खानीलाई सुरक्षित बनाउने प्रयास गरेको पनी बताइएको छ ।
0 comment