काठमाडौं - लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।  

मुख्यमन्त्रीमा नियुक्त भएको ६ दिनमा विश्वासको मत लिएका चौधरीलाई प्रदेश सभाका ५३ सांसदले मत दिएका हुन् । 

मुख्यमन्त्रीले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । 

प्रदेश सरकारप्रति नागरिकहरूको विश्वास रहेको भन्दै नागरिकहरूलाई उत्साह जगाउनेगरी काम गर्ने मुख्यमन्त्रीले बताए । मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति, लोसपा, जसपा, जनमत र एक स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्। 

एमालेले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको छ । 

अहिले मुख्यमन्त्रीसँगै नेकपा माओवादीबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी मन्त्री छन्।