काठमाडौं – अमेरिकाको टेक्सासमा एक बन्दुकधारीले गोली हानेर पाँच जनाको निर्मम हत्या गरेका छन् । बन्दुकधारीले जथाभाबी गोली चलाउँदा आठ वर्षीय बालकसहित पाँच जनाको ज्यान गएको हो । मारिनेमा सबै होन्डुरसका नागरिक रहेका छन् ।
गोली हान्ने व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ । स्थानीय प्रहरीले दिएको जनाकारी अनुसार संदिग्ध व्यक्ति मेक्सिकोका नागरिक भएको र उनीसँग अर्ध–स्वचालित राइफल रहेको बताएको छ ।
केही दिनअघि टेक्सासमै एक भोजको कार्य क्रममा पनि गोली चल्दा नौ जनाको ज्यान गएको थियो ।
0 comment