काठमाडौं - चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५४ हजार १७६ मत ल्याएर लामिछाने विजयी भएका हुन्। लामिछानेले निकटतम् प्रतिद्वन्दीभन्दा ४२ हजार ९६२ मतान्तर बनाएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएर दोस्रो भएका छन्। एमालेका रामप्रसाद न्यौपाने १० हजार ९३६ मतसहित तेस्रो बने।
लामिछानेको अघिल्लो निर्वाचनमा ८४ हजार ३१५ मतमा ४९ हजार ३०० मत ल्याएका थिए। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ मत प्राप्त गरेका थिए।
0 comment