काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बाराको मतदान केन्द्रमा जसपाले प्रहरीकै मिलेमतोमा बुथ कब्जा गरेको आरोप लगाएका छन्। 

बारामा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले पचरौताको बेलडारी केन्द्रमा जसपाका कार्यकर्ताहरुले बुथ कब्जा गरेको आरोप लगाएका हुन्। 

उनले जनमतको बुथ एजेण्टलाई भित्र छिर्न नदिएको र तीन चार दिन अघि देखि नै बुथ कब्जा भएको बताए। प्रहरी प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि सुरक्षा दिन नसकेको उनको भनाइ छ।

राउतले मतदान केन्द्रमा त्रासको वातावरण देखिएको भन्दै प्रहरीको पनि मिलोमतो देखिएको आरोप लगाए। बारा -२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।