डा. शास्त्रदत्त पन्त, काठमाडौं – नेपाल एकीकरण काटमार र आतङ्गबाट भएको हैन, यो त राजा र नेपाली जनता, सबै जात थर, गोत्र, लिङ्गको संयुक्त धर्म बलबाट भएको थियो । यस्तो बैदिक संस्कारका एकता भङ्ग गरेरै गोराले भारतमा शासन गरेका थिए । त्यही सिको भारतीयले नेपालमा गरिरहेका छन् । त्यही नीतिका योजनाकारहरु पनि यसो गर्न संलग्न भएका छन् । सर्वप्रथम नेपालको अनेकताभित्र रहेको एकतालाई भङ्ग गर्ने उनीहरुको प्रमुख योजना हो । 


विश्वमै अद्वितीय राजनीति सहमति मानिएको १२ बुदे दिल्ली योजनाले नै नेपाल अद्वितीय संकटमा धकेलिएको हो । अर्धचेतन, दुरदृष्टि विहीन निहित स्वार्थपरक, नेपाल र नेपालीत्वको भावना नभएका, धर्म संस्कार र सभ्यता छाडेका असंवेदनशील, माओष्टि विचारवादबाट कुण्ठित तथा साउथ ब्लक र इसाई समाजको दासत्व स्वीकारेका सातदल र माओवादी नै तिस बर्षमा देश बर्बाद गरेका हुन् । 


जन्मजात एकले अर्कोलाई वर्गशत्रु मानेर बसेका दुई दल मिलेपछि नेपाल धराको स्वर्ग बन्ने आशा सर्वसाधारणले लिएका थिए । अथवा नेपाली दलहरु नेपाली भएर सोच्छन् भन्ने आशा थियो । तर परिणाम भने आशा गरेभन्दा विपरित भयो । शासनसत्ता परिवर्तनपछि नेपाल भ्रष्टचार, कुशासन, दण्डहिनता, अराजकता, बलात्कार, अपहरण, लुट, ठगी, तस्करी, कालाबजारीयाको केन्द्रस्थल बनेको छ । नेपाल विश्व तरकारको राजधानी बनेको छ । आई.एस.आई., आइ.एस.आइ.एस नेपालबाट छिरेर मुम्बैमा उधुम मच्यायो भनेर आवाज उठाई रहेको छ । नेपालको सीमाभरि वि.एस.एफ.को उपस्थितिलाई कडा पारेको छ । त्यसले नेपालको सीमा अतिक्रमण गराएको छ, नेपालका काठ र जडिबुटी तरकरी गराएको छ, भारतमा गएर काम गरी स्थलमार्गबाट नेपाल भित्रिने नेपालीहरुको नगद जिन्सी लुट्ने गरेको छ वर सीमा ओहोरदोहोर गर्ने नेपालीको ज्यान लिने पनि गरेको छ ।