काठमाडौं - राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले मिटरब्याज पीडितका माग पुरा नगरे राप्रपा आन्दोलनको अग्रमोर्चामा उभिने चेतावनी दिएका छन्। 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा लिङ्देनले मिटरब्याज मिटरब्याज पीडितमाथि प्रहरी प्रशासनले आक्रमण गरेको भन्दै निन्दा र भत्र्सना गरे।

तराई–मधेसका विभिन्न जिल्लामा हरुवा चरुवाले उठाउँदै आएका माग सम्बोधन गर्न लिङ्देनले आग्रह गरे ।

त्यस्तै सांसद प्रेम सुवालले मिटर ब्याज पीडितमाथि सोमबार भएको आक्रमणबारे प्रधानमन्त्री र गृहमन्त्रीले सदनलाई जानकारी गराउनुपर्ने बताए।