काठमाडौं - पश्चिम बंगालकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी प्रमुख ममता बेनर्जी मोदी सरकारविरुद्ध दुई दिने धर्नामा बसेकी छन्।
केन्द्र सरकारले राज्य सरकारलाई वेवास्ता गरेको भन्दै बेनर्जी धर्मतल्ला इलाकाको रेड रोडमा रहेको अम्बेडकरको प्रतिमामुनि धर्नामा बसेकी हुन् । प्रदर्शन स्थलमा पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको छ ।
बेनर्जीले केन्द्र सरकारले राज्य सरकारलाई धेरै आयोजनाका लागि पैसा नदिएको आरोप लगाएकी छन्। उनले केन्द्रीय एजेन्सीहरू राजनीतिक प्रतिशोधका लागि प्रयोग भइरहेको आरोप समेत लगाएकी छन्।
यसअघि, अप्रिल २०२१ मा निर्वाचन आयोगले २४ घण्टा चुनावी अभियानमा प्रतिबन्ध लगाएको विरोधमा बेनर्जी कोलकातामा महात्मा गान्धीको प्रतिमा नजिकै धर्नामा बसेकी थिइन्।
अर्कोतर्फ, तृणमूल कांग्रेसको कथित भ्रष्टाचारको विरोधमा भाजपा प्रदेश अध्यक्ष सुकान्त मजुमदार र विपक्षी दलका नेता शुभेन्दु अधिकारी पनि आज दिउँसो महानगरको श्याम बजार क्षेत्रमा धर्नामा बसेका छन् । धर्नामा भाजपाका पूर्व अध्यक्ष दिलीप घोष सहित पार्टीका धेरै नेताहरू उपस्थित भएका थिए।
0 comment