काठमाडौं - नेपालमा सोमबार कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ ।

कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारको सहयोगमा सो खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । 

नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ ।