रामशरण पाण्डे ,
हामी एक अर्का बीच विस्वास शान्ति सद्भाव कायम गर्दै गाढा बिस्वास जित्न सकिने महसुस गर्दै कम्पनी सरकारका सम्मानीय गभर्नर जनरल मार्किस वेलेज्ली र नेपालका श्री ५ महाराजधीराज बीच मित्रतापूर्ण सम्बन्ध स्थापना भई तल उल्लेखित बुँदाहरुमा दुवै सरकारको सहमति कायम भएको छ ।
१. नेपाल सरकार र इष्ट इन्डिया कम्पनी सरकारको बीच मैत्रीपूर्ण सम्बन्धलाई स्थापित गर्न र बलियो बनाउन दुवै देशको उच्च अधिकारीहरु उत्साह र इमान्दारी पूर्वक काम गर्न सहमती कायम भएकोे छ ।
२. नेपाल र इष्ट इन्डिया कम्पनी सरकारको बीच शान्ति बिथोल्ने अराजक गतिबिधि गर्नेहरुका विरुद्ध गम्भीर अनुसन्धान छानबिन गरिने छ । प्रमाण बेगर कुनै कदम चालिने छैन ।
३. दुवै देशका सरकार तथा अधिकारीहरुले एक अर्का देशको शत्रुलाई शत्रु तथा मित्रलाई मित्र मान्ने छ, साथै यो चिरकालसम्म रहने छ ।
४. नेपालको वा कम्पनी सरकार नियन्त्रित भूभागका लागि कुनै छिमेकी राष्ट्रसंग विवाद उत्पन्न भै युद्ध हुने जस्तो अबस्था आएमा वा त्यस्तो हुने थाहा पाएमा एक अर्कालाई सूचना दिने र सहयोग गर्न तयार हुने छन् ।
५. दुवै देशका बीच सीमा तथा भूमि सम्बन्धी विवाद भएमा औचित्य, न्याय तथा अन्तर्राष्ट्रिय मान्यताको आधारमा दुवै देशका प्रतिनिधि बसेर सीमा निर्धारण गरिने तथा भविष्यमा हुने विवादलाई ध्यानमा राखी सीमारेखा वा सीमा स्तम्भ खडा गरिने छ ।
६ नेपालका महाराजा तथा अबधका बजिर नवाबका बीच सीमा विवाद भएमा कम्पनी सरकारको मध्यस्थतामा नेपालका महाराजाका प्रतिनिधि र नवाबका प्रतिनिधि बसी विवाद समाधान गरिने छ ।
७. नेपालले कम्पनी सरकारलाई वार्षिक बुझाउदै आएको हात्ती अब उप्रान्त बुझउनु नपर्ने सहमति भएको छ ।
८. नेपाल र व्रिटिस दुवै देशले एक अर्काे देशबाट भागेर गएका अपराधीलाई सम्बन्धित देशको माग भएमा त्यस देशका कूटनितिक प्रतिनिधी कहाँ बुझाउने र प्रतिनिधीले पनि सम्बन्धित व्यक्तिलाई आफ्नो देशमा पठाउने ।
९. बनारसमा बसिरहेका स्वामी रणबहादुर शाहलाई खर्चको निम्ति प्रगन्ना जिल्लाको भू–भाग, विशेषाधिकार प्राप्त जागीर र धार्मिक कार्यका निम्ति छुट्टयाईएको क्षेत्र बाहेक छुट्टयाउने । प्रगन्ना जिल्ला (विजयपुर) को भूमिकर नेपाल सरकारले असुल गरी कम्पनी सरकार मार्फत रणबहादुर शाहलाई बुझाउन सहमत गर्दै तथा स्वामी महाराजले बनारसमा तोकिए भन्दा बढि मानिस राख्न पाउने छैनन् । आफ्नो सुरक्षाको निम्ति स्वामीजीले २०० जति नेपाली सेना राख्न पाउने । सधै धार्मिक कार्यमा व्यस्त रहनुपर्ने, लेखेर वा बोलेर आपत्तिजनक स्थितिको सिर्जना गर्न नपाउने । स्वामीज्यूले नेपालबाट भागेर गएका अपराधी वा विद्रोहीहरुलाई शरण दिन र ध्वंसात्मक कार्य गर्न कसैलाई प्रेरणा दिन नपाउने सहमती गरिएको छ ।
१०. नेपाल तथा व्रिटिस दुवै देशले आफ्ना विश्वस्त व्यक्तिलाई उच्च कुटनितिज्ञको रुपमा एक अर्काे देशको राजधानीमा पठाउने ।
११. दुवै देशका अधिकारी वर्गले एक अर्काे देशबाट आएका कुटनितिज्ञको स्वागत गर्ने र सुरक्षाको राम्रो प्रबन्ध मिलाउने व्यवस्था गरिने छ ।
१२. नेपाल तथा व्रिटिस दुवै देशका कुटनितिज्ञहरुले एक अर्काे देशका जनतासंग सोझो सम्पर्क राख्न नपाउने र त्यस्तो सम्बन्ध राख्दा सम्बन्धित देशको पदाधिकारीबाट अनुमति लिनुपर्ने । तर पदाधिकारीहरुसंग भेट गर्न त्यस्तो बाध्यता रहने छैन ।
१३. नेपाल तथा व्रिटिस दुवै देशका अधिकारी वर्गले सन्धिका धाराहरुको इमान्दारीपूर्बक पालना गर्दै जाने र पालना गर्न भुल्नेलाई सर्वशक्तिमान ईश्वरले दण्ड गर्नेछन् ।
साभार, सङ्घीय शृंखला (२०७९)
0 comment