काठमाडौं - चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका काभ्रेपलाञ्चोकको तेमाल घर भई हाल काठमाडौँ महानगरपालिका- ४ बस्ने सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंले वि. सं २०८० चैत २७ गते दुई वर्ष कैद र ३० लाख बिगो तथा रु ३० लाख जरिवाना सजाय हुने फैसला गरेपछि फरार रहेका लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
उनलाइ सजाय भुक्तानीका लागि अदालतमा उपस्थित गराएर कारागार पठाइने छ । लामा बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएको तथा वि.सं २०७५ मा किसानको बुद्धचित्त लुटपाट गरेको आरोपमा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
0 comment