काठमाडौं - नेपाल वायुसेवा निगमको ए-३३० वाइडबडी जहाज ‘नाइन एन-एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ ।

जहाजको नियमित सि- चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनुभयो । जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो ।

उहाँले अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि- चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको बताउनुभयो छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।