काठमाडौं - राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन नेपाली कांग्रेसले सातै प्रदेशमा भेला गराउने भएको छ।
पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बुधबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले राष्ट्रपति निर्वाचनका लागि सातै प्रदेशमा गर्न लागेको भेलामा पार्टी पदाधिकारीहरूको सहभागीता गराउने निर्णय समेत गरेको छ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई विजयी गराउन भएको सहकार्यलाई बलियो बनाउने र कांग्रेस उम्मेदवारलाई अधिक मतका साथ विजयी गराउनका लागि पहल गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए।
राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता भएको छ।
0 comment