काठमाडौं - नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संगठन विभाग प्रमुख वर्षमान पुनले प्रधानमन्त्री बालेन शाहले सभापति रवि लामिछानेलाई थुन्ने वा रविले बालेनको सत्ता हत्याउने अवस्थाको सृजना हुन सक्ने दाबी गरेका छन् ।
उनले राज्यका निकाय कसको प्रभावमा पार्ने भन्ने सभापति लामिछाने र प्रधानमन्त्री शाहबीचको होडबाजीका कारण राष्ट्रियतासमेत कमजोर बनेको र राज्यका स्थापित संस्थाहरू लथालिङ्ग भएको बताए। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चार्य हुनेछैन,’ उनले भने। बुधबार दैलेखका नेता, कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा उनले रास्वपा भित्रको कलह उत्कर्षमा पुगेको दाबी गरे ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी हुँदै गर्दा उनले सरकार भारतसँग लम्पसार परेको बताए । नेता पुनले सरकारको गति संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र प्रतिक्रान्तिको बाटोमा जाने तर्फ रहेको बताए। राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीबीच एकता र संविधान मान्ने लोकतान्त्रिक दलहरुबीच सहकार्य आवश्यक रहेको उनको भनाई थियो । एमालेसँग सहकार्य गर्नैपर्छ तर उसका खराब प्रबृत्ति र फासिस्ट कार्यशैलीबारे समिक्षा गर्दै सहकार्य गर्दै जानुपर्ने बताए ।


0 comment