काठमाडौं - महानगरिय अपराध महाशाखाको टोलिले नक्कली पिसिआर रिपोर्ट बनाउँदै आएका दुई वटा अस्पतालबाट ४ जनालाई पक्राउ गरेको छ  

पक्राउ पर्नेहरुमा धनुषा विदेह नगरपालिका–४ का २५ वर्षीय रोसनकुमार छिट्टान, काभ्रेपलान्चोक तेमाल गाउँपालिका–७ का माधव मैनाली, धनुषा छिरेश्वर नगरपालिका–१ का २५ वर्षीय नागेन्द्र यादव र सर्लाही बलरा नगरपालिका–७ का २४ बर्षीय प्रसन्नकुमार झा रहेका छन् ।

उनिहरुलाई महाशाखाको टोलिले बानेश्वरस्थित कातिपुर अस्पताल र भक्तपुरको लोकन्थलीस्थित नागरिक कम्युनिटि अस्पतालबाट नियन्त्रणमा लिएको महानगरिय अपराध महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक कृष्णकुमार कोइरालाले बताउनुभयो । 

उक्त अस्पतालको ल्याबबाट बिदेश जानेहरुलाई १० हजार देखि १२ हजार रुपैयाँसम्म लिएर सहि व्यक्तिको स्वाब नै नलिई पोजिटिभ पिसिआर रिपोर्ट बनाइदिने सुचना पाए पछि महाशाखाले आफ्नो कर्मचारीलाई पिसिआर रिपोर्ट बनाउन पठाएको थियो।

महाशाखा प्रहरी अनुसार नागरिक कम्युनिटी अस्पतालका सञ्चालक भावेश मिश्र र कान्तिपुर अस्प्ताल प्रालिका सञ्चालक निर्मल गिरी फरार रहेको र उनिहरुको खोजी भईरहेको प्रबक्ता कोइरालाले बताउनुभयो  ।

प्रहरीले अस्पतालबाट पीसीआर परीक्षण गर्ने मेसिन पनि बरामद गरेको छ ।

आफ्नो कर्मचारीको रिपोर्ट महाशाखाले प्रमाणको रुपमा हात पारेपछि प्रहरीले कान्तिपुर अस्तपताल र नागरिक कम्युनिटि अस्पतालमा छापा मारी झण्डै २ सय भन्दा बढी पिसिआर रिपोर्ट, नगदी बिल प्याड सहित रिपोर्ट तयार गर्ने कम्पुटर बरामद गरेको छ । 

पक्राउ पर्ने गिरोह लामो समय नक्कली पिसिआर रिपोर्ट बनाउने काममा संलग्न रहेको हुन सक्ने महाशाखाले जनाएको छ ।