काठमाडौं – टीका सुरु भएसँगै आफन्तकहाँ आउजाउ गर्ने, घुमफिरमा निस्कने र गाउँबाट राजधानी फर्किनेहरूको चहलपहल बढ्न थालेको छ । कतिपय सर्वसाधारण नियमित काममा फर्किन थालेका छन् । आफू भन्दा ठूलाबाट दिका लगाई आर्शिवाद लिनेहरुको चहलपहल निकै बाक्लिएको छ । दिकाको दोस्रो दिन आज उपत्याकामा निकै चहलपलह देखिएको छ । 

काठमाडौंमा मौसमले पनि साथ दिएको छ । आकास खुलेको छ । हिमाल चम्कीको छ । राजधानी काठमाडौंमा विहानै देखि टिका आफन्तकोमा टिका लगाउन जानेहरुको भिड बढेको हो । दशमीको दिनदेखि सुरु भएको टिका पूर्णिमाको दिनसम्म लगाउने चलन छ । माइत मामल ससुराली दाजुभाइ लगायत आफन्तकोमा गएर टिकासँगै आर्शिवाद लिनेको चहलपलह अघिल्लो वर्ष भन्दा यो वर्ष राजधानीमा धेरै देखिएको छ । अघिल्लो वर्षको तुलनामा यो दशैमा गाउँ फर्किनेको संख्या कम थियो । 

करिब ५ लाखको हाराहारीमा मात्रै मान्छेहरु दशैमा घर गएका थिए यसपाली । दशैको मुखमा सडकको दरदसाले पनि यसपाली उपत्यकाबाट बाहिरिनेको संख्या घटेको अनुमान छ । 

बाढी पहिरो लगायतको प्रकृतिको वितन्डाले पनि दशैमा गाउँ फर्किनेहरुलाई समस्यामा पारेको देखिन्छ । यसपालीको दशै उल्लासमय नभएतापनि टिका लगाउनेहरुको संख्या भने खासै घटेको छैन ।