काठमाडौं - अखिल नेपाल फुटबल संघ (एन्फा) ले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई बिदाइ गरेको छ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका उपाध्यक्ष वीर बहादुर खड्का, महासचिव किरण राई, सदस्यहरु रुपेश अधिकारी, पुरुषोत्तम थापा, पेमा लामा, सरला श्रेष्ठ लगायतले उनीहरुलाई आज बिदाई गरेका हुन्। 

मुख्य प्रशिक्षक अनन्त राज थापाले मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा गरिसकेका छन्  । भारतसँग नेपालले चेन्नईमा फेब्रुअरी १५ देखि १८ मा मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाएको छ ।