काठमाडौं - झापा गाउँपालिका-४ चौधरी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९८ मिलिग्राम सहित गौरादह नगरपालिका-४ बैगुनधुरा बस्ने १९ वर्षीय बाबुराम मुर्मुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी झापा, कचनकवल गाउँपालिका-१ झण्डु टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय २० मिलिग्राम सहित बिर्तामोड नगरपालिका-२ अनारमनी बस्ने ३५ वर्षीय समिर बस्नेतलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी कुटी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-६ बुढिबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ४० मिलिग्राम सहित तनहुँ म्याग्दे गाउँपालिका-२ जामुने बस्ने ३० वर्षीय पदम थापालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

बर्दिया, बाँसगढी नगरपालिका-९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम र नगद १० हजार २ सय ७० रूपैयाँ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका- ९ माछागढ बस्ने २३ वर्षीय रमेश साही र २९ वर्षीय अनिल विक रहेका छन् । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले भे.५ प ५६२३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, मधुवन नगरपालिका-९ धर्मबस्ती बेलडाँडीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८५ मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ धर्मबस्ती बुद्ध टोल बस्ने २३ वर्षीय अश्मित परियार र सोही नगरपालिका-९ बेल्डाडी बस्ने २५ वर्षीय मनिष कार्की रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्री समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी बर्दिया, गेरूवा गाउँपालिका-१ बिहानबजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३१ वर्षीय आशिक नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित मुन लाइट होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १२ ग्राम ४ सय ६० मिलिग्राम सहित रूकुम पश्‍चिम चौरजहारी नगरपालिका-९ बस्ने २७ वर्षीय लोकेन्द्र मल्ल समेत ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उक्त होटलको ३०१ नम्बरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-१७ अलौ गाउँबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब ९ किलो ५ सय ७८ ग्राम सहित भारत मोतिहारी हरसिद्दि पंचायत बैरियाडिह-९ बस्ने १९ वर्षीय संदिप चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी सिर्सिया समेतबाट खटिएको प्रहरीले जगरनाथपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको एचपि-९४- ४९८३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ सुनखरी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ६० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय अजय मादेनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

पाँचथर, फिदिम नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-१ बस्ने याङवरक गाउँपालिका-२ घर भएका २९ वर्षीय विशाल लिम्बुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ हिलिहाङ गाउँपालिका-७ टारी बस्ने २३ वर्षीय युवराज विश्वकर्मासँग खरीद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले युवराजलाई फिदिम नगरपालिका-१ फिदिम बजारबाट पक्राउ गरेको छ । 

दैलेख, नारायण नगरपालिका-६ गणेश चोक बस्ने २१ वर्षीय शिवराज थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरीले शिवराजको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।