प्रा. डा. बन्धु कोइराला बत्तिसपुतली,
अहिले सूर्य बहादुर थापाकै मेरो ९ दशक कृति पढि रहेको छु ।
आत्मकथात्मक कृति भनिएको यो।
यसलाई म Auto Biography भन्दिनं । यस अर्थमा कि यसमा बार्ताकार , लेखक, सम्पादनका अनेक नाम छन् ।
--नामुद पत्रकार व्यक्ति मिसिएका ।
साथै यसमा अनेकौं व्यक्तिको नाम लिइएको छ साक्षी झै ।
--मृत्यु पछि प्रकाशित यो कृतिमा लेखक गणेश पौंडेल उभिएका छन् । अनि भनिएको छ आत्म कथा ।
बिडम्बना!
*
यता तर्फ न जाउँ ।
छोरा सुनीलले पन्द्र वर्ष अघि सुरु भएको कृति यो आभार प्रकट गर्ने सन्दर्भमा विभिन्न व्यक्तिको नाम लेखेर प प्रामाणिक बनाउँन खोजेका छन् ।
तर ती व्यक्तिहरुले दिएका सूचनाको सन्दर्भमा विशेष चर्चा गर्नु नै पर्ने हुन्छ ।
थापा पंञ्चायत व्यवस्थामा एक खेलाडी नै हुन् । यिनको खेल कस्तो !भन्ने कुरा जग जाहेर छ ।
- यस कृतिमा उनले निश्चित रुपमा आत्म सन्तुष्टि पाए होलान्। अझ छोराछोरीले!
तर
यथार्थको कसीमा कति उभ्याँउन सकिन्छ त्यो प्रश्न कै विषय छ ।
*
नेपालको राजनीतिमा त्यसबेला राजा, दरवार र सिंहदरबार शक्ति केन्द्रमा रहे र सूर्य वहादुर जति पटक सत्तामा पुगे, जुनबेला सत्ताबाट निस्के उनको व्याख्या फरक ढंगले उभिएको छ ।
*
सूर्यवहादुरले धेरै कुरामा आफुले जसलिन पुगेका छन् ।
आफुलाई डेमोक्रयाट, उदारवादी, निरकुंशताको विराधीको रुपमा द्यबकष्अ न्गष्मभम म्झयअचबअथ को व्याख्याताको रुपमा उनले आफुलाई लिएका छन् ।
--"निर्देशित प्रजातन्त्र"को परिपाटिमा राजा महेन्द्र जान खोजेको भन्ने कुरा उनले उल्लेख गरेका छन् ।
यिनको राणाहरुसंग पहिल्यै नै सम्पर्क भएको कुरा त छदै छ । बावु लप्टन भएको प्रसंग र जर्नेल धुर्व शम्सेर कहाँ उनको आवत जावतलाई यथार्थ ईमानदार भै प्रस्तुत गरेका छन् ।
भूमिगत गिरोह भनेर विरोधमा उभिने यिनी चर्चित महा पन्च थिए ।
दरवारियाहरुसंग व�
0 comment