काठमाडौं - रुकुम पश्चिमको चौरजहारी नगरपालिका- २ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।
आज बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।
चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको छोरा १८ वर्षीय खिमकुमालले प्रहरीलाई खबर गरेका थिए ।
सूचनालगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले आरोपी महिलालाई नियन्त्रणमा लिइएको छ ।
शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।
घरायसी विवादका कारण श्रीमानको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको र घटनाका विषयमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
0 comment