काठमाडौं - सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपुर्तीको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध पारेका छन् ।
सोमबार साँझवाट सडक अवरुद्ध पार्दै आएका हुन् । पीडीत पक्षसँग सहमतिका लागि वार्ता गर्न पहल भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सन्दिप शाहले जानकारी दिनुभएको छ ।
गत शनिवार मोटरसाइकललाई नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका-१ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु थियो ।
सोही दुर्घटनामा परी मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए । मृतक तथा घाईते परिवारले क्षतिपूर्तिको मांग गर्दै के.आई.सिंह राजमार्गको शिखर नगरपालिका वडा नं. ६ सिर्खोली खण्ड अवरुद्ध गरेका छन् ।
प्रहरीले मोटरसाइकललाई ठक्कर दिएर फरार भएको भन्दै जीप चालक भरत बहादुर सिंहलाई पक्राउ गरेको छ ।
यद्यपी सिंहले आफूले दुर्घटना नगराएको तर जवरजस्ती दबाव दिएर प्रहरीले स्विकार्न बाध्य पारिरहेको गुनासो पोख्दै आएका छन् ।
प्रहरी निरिक्षक सन्दिप शाहले पक्राउ परेका सिंहलाई आज जिल्ला अदालत पेश गर्ने बताए । घटनावारे अनुसन्धान जारी रहेकाले बाहिर बताउन नमिल्ने उनको भनाइ थियो ।
राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट धनगढी काठमाडौं जाने तथा तराइवाट जिल्ला भित्रिने सवारी साधन तथा यात्रुहरु बीच सयौं यात्रुहरु अलपत्र परेका छन् ।
दिपायलमा अलपत्र परेका यात्रुहरुले यथाशिघ्र अवरुद्ध सडक खोल्नु पर्ने भन्दै दवाव दिइरहेका छन् ।
0 comment