रामशरण पाण्डे ,
सन् १८०१ भन्दा अघिदेखि नेपाल र ब्रिटिस बीच रही आएको सुखद स्नेह मैत्री तथा शान्ति को स्मरण गर्दै अंग्रेज द्वारा पाकिस्तान र इन्डिया दुई भिन्ना भिन्नै स्वतन्त्र देश निर्माण भैसकेको अबस्थामा २ डिसेम्बर १८१५ तथा १९२३ लगायत पूणर्कालीन सन्धिहरु रहिरहनु कुनै हालतमा उपयुक्त नदेखिएकाले ब्रिटिस र नेपालको सम्बन्धलाई घनिष्ट तथा मजबुत बनाउने उदेश्यका साथ नेपाल सरकार तथा उत्तरी आयरल्याण्ड र ग्रेट ब्रिटेनको संयुक्त राज्य सरकारको बीच यो सन्धि सम्पन्न भएको छ ।
१. नेपाल सरकार तथा संयुक्त अधिराज्यको सरकार बिचमा स्थायी शान्ति तथा मैत्री कायम राखिने छ ।
२. सन्धि गर्ने यी दुवै मुलुकहरु एक आपसमा आन्तरिक तथा बाह्य स्वतन्त्रताको आदर तथा स्वीकार गर्न मन्जुर गर्द छ ।
३. नेपाल सरकार र संयुक्त अधिराज्यको सरकार बिचमा परम्परा देखिको रिति थितिलाई सुध्रिढ गरि शान्ति तथा मैत्री सम्बन्धलाई कायम गर्ने उद्देश्यको साथ एक देशले अर्को देशमा कार्य संचालको लागि आबश्यकता अनुसारको कर्मचारी तथा बैधानिक कुटनैतिक कर्मचारी राखिने छ ।
४. दुवै सन्धि सम्पन्न गर्ने राष्ट्रहरु कानून तथा अभ्यासका सर्बमान्य सिद्धान्तहरु अनुसार परस्परमा रहेको लामो तथा हार्दिक मैत्री दुबैलाई लाभहुने ब्यापार ब्यबसाय कायम रहने छ । साथै त्यसको वृद्धि तर्फ अग्रसर हुने छन् ।
५. क, सन्धि गर्ने दुवै मुलुकको नागरिकहरुले एक अर्का मुलुकको भूभागहरुमा घुमफिर गर्न, अध्ययन गर्न, बसोबास गर्न, स्थान छोड्न सक्ने छन् र सन्धि गर्ने एक मुलुकको नागरिकहरुले अर्को पक्षमा लागु भएका राष्ट्र तथा अन्र्तर-ाष्ट्रिय कानून तथा अभ्यासका सर्बमान्य आबश्यकता व्यवहार उपभोग प्राप्त हुने छ । उधोग, ब्यापार, सम्पति प्राप्ति, स्वमित्व व्यवस्थामा मुल्य निर्धारण गर्ने कार्यमा कानून तथा अधिकारको पूणर् उपयोग गर्न सक्ने छन् । यस्तो अबस्थामा उनीहरुलाई बिदेशी नागरिकहरु भन्दा कुनै हालतमा कम महत्वको ब्यबहार गरिने छैन ।
ख, संयुक्त अधिराज्यको सरकार द्वारा गरिने अन्य कुनै बिदेशी राष्ट्रका नागरिकहरुको ब्यबहार सम्बन्धको बिषयलाई लिएर यस धाराले जहाँ सम्म निर्देश गर्छ त्यसको निमित्त बिदेशी देश त्यसलाई मानिन्छ जसलाई यो सूचीमा लेखिएको छ ।
i) उत्तरी आयरल्याण्ड तथा ग्रेट ब्रिटेनका संयुक्त अधिराज्य (यु.के.)
ii) क्यानडा
iii) कमनवेल्थ अफ अस्ट्रेलिया
iv) न्युजिल्यान्ड
v) द युनियन अफ साउथ अफ्रिका
vi) पाकिस्तान
vii) इन्डिया
viii) श्रीलंका
बर्तमान सन्धिमा हस्ताक्षर सम्पन्न गर्ने अबस्थामा कमनवेल्थ अफ अस्ट्रेलिया, न्युजिल्यान्ड, युनियन अफ साउथ अफ्रिका, र आइरिस गणतन्त्रका देशहरुको अन्र्तराष्ट्रिय सम्बन्धको उत्तरदायित्व संयुक्त अधिराज्यको सरकारमा निहित थियो ।
ग) आफ्ना समवर्ति देशहरुका सिमान्त प्रदेशहरुमा सुगमतापुर्बक आवत जावत गर्न नेपालको सरकारद्वारा गरिएको यस धाराको दफाहरू अहिले वा भबिष्यमा पनि निम्न बिषयहरुमा प्रयोग गरिने छैनन् ।
६. क) ५ दफाहरू निम्न बिषयहरु प्रयोग गरिने छन् ।
i) संयुक्त अधिराज्यको सरकारको सम्बन्धमा उत्तरी आयरल्याण्ड वा ग्रेट ब्रिटेनको संयुक्त अधिराज्यको सरकार वा यसै धाराका (ख) अनुसार धारा ५ क दफाहरुमा बिस्तृत गरिएका कुनै देश
ii) नेपालको सरकार सम्बन्धमा
ख) बर्तमान सन्धिमा संयुक्त अधिराज्यको सरकारद्वारा हस्ताक्षर वा दृढकरण गर्ने समयमा वा सन्धिको उपरान्त जुनसुकै समयमा नेपालको सरकार समक्ष सूचना द्वारा घोषणा गर्न सक्ने छ कि धारा ५ अरु कुनै देश बढाउन सकिने छ जसको अन्तराष्ट्रिय सम्बन्धहरुमा संयुक्त अधिराज्यको सरकार जिम्मेवार छ तथा संयुक्त अधिराज्य सरकारको सूचना प्राप्त गरेको मिति देखि बढाईएको देश धारा ५ मा उल्लेखित गरिएका देशहरुमा थपिने छ ।
ग) संयुक्त राज्यको सरकार यसै धारको ख, अनुसार धारा ५ मा कुनै देश जसको अन्र्तराष्ट्रिय सम्बन्धहरु संयुक्त अधिराज्यको सरकार उत्तरदायी छ ।
धारा ५ मा थप्ने निणर्य गरे पछि पनि फेरी जुनसुकै समयमा नेपाल सरकारलाई सूचना दिदै घोषणा गर्न सक्ने छ कि सूचना पत्रमा लेखिएका कुनै पनि देश अर्को सूचना द्वारा धारा ५ बाट हटाइने छ तथा त्यस्तो सूचना पत्रको प्राप्ति भएको मिति देखि धारा ५ ले सो देश आफ्नो सुची बाट हटाउने छ ।
७. बर्तमान सन्धिमा नागरिक शब्द भन्नाले तल उल्लेख गरे बमोजिम मानिने छ ।
क) संयुक्त राज्यको सरकारको हकमा
i) संयुक्त अधिराज्यको नगरिकहरु जसको धारा ५ अन्तर्गत उल्लेखित उपनिबेस तथा अस्तित्वमा रहेका देशहरु ।
ii) सम्पूणर् ब्रिटिश संरक्षित व्यक्तिहरुको ज-जसको धारा ५ मा उल्लेख भए अनुसार ।
iii) दक्षिण रिडेसिया सम्पूणर् नागरिकहरु जब दक्षिण रोडेसियालाइ धारा ५ अन्तर्गत समेटिएको अबस्थामा ।
ख) नेपालको सरकारको हकमा नेपालका सम्पूणर् नागरिकहरु ।
८. जहाँ सम्म यी सन्धिको प्रयोगका बिषयहरु छन्, यस अघि संयुक्त अधिराज्य सरकार र नेपाल सरकारको बीच काठमान्डौमा २१ डिसेम्बर १९२३ को सन्धि तथा त्यस भन्दा अघि गरिएका सम्पूणर् सन्धिहरु समझदारीहरु यस सन्धिमा हस्ताक्षर भएका मितिबाट रद्द हुनेछ ।
९. बर्तमान सन्धि बैधानिक परिस्कृत गरिने छ तथा परिष्कृत गरिएका सन्धिका प्रतिलिपिहरू विनियम गरिएका मिति देखि नै लागु हुने छ र उक्त सन्धिका पत्रहरु यथासिग्र काठमान्डौमा सनाखत हुने छ ।
१०. यो सन्धिहरु लागुहुने छन् तथापी सन्धि गर्ने पक्षले अर्को पक्षलाई १ बर्षको समयअबधि लिखित सूचना दिएर सन्धि रद्द गर्न सक्ने छ । यस सन्धिको कागज पत्रहरु नेपाली र अंग्रेजीमा समाबेस गरिएको छ । सन्धिको प्रतिलिपि नेपाली र अंग्रेजीले उत्तिकै महत्व राखे तापनि कुनै विवाद भएमा शंका उठेमा अंग्रेजी प्रतिलिपि को माध्यमबाट समाधान गरिने छ ।
१९५० अक्टोवर ३० नेपाली सम्बत २००७ साल कार्तिक १४ गते काठमान्डौमा नेपाली र अंग्रेजी दुवै प्रतिमा हस्ताक्षर गरियो ।
हिज ब्रिटेनिक म्याजेसटिक प्रधानमन्त्रि तथा नेपाल सुप्रिम कमान्डर इन्चिफ नेपाल स्थित राजदुत
0 comment