विकीपीडिया त्यस्तो विश्व प्रसिद्ध वेव हो, जसमा विश्व समुदायमा रहेका जुनसुकै स्वयंसेवक लेखकले पनि सामग्री राख्न तथा सम्पादन गर्न सक्छन्। यो वेवसाइटमा कसैले पनि सामग्री परिवर्तन गर्न सक्छन्। यो ३२९ भाषामा सञ्चालित वेवमा आधारित खुला ज्ञानको हो ।
यो विकिपिडिया फाउन्डेसन नामक एक गैरनाफा मुखी संस्थाद्वारा सञ्चालित छ । सन् २००१ मा विडिपियिा जिम्मी वेल्स र लारी स्यान्गरले यसको सुरुवाट गरेका हुन् ।
विकिपिडियाको मुख्य सर्भर संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा राखिएको छ । हाल यो इन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ सामाग्री मानिन्छ ।
विकिपिडियाको पहिलो फाइदा भनेको यो पूर्ण रुपमा निःशुल्क छ । यहाँ रहेको सम्पूर्ण सामग्रीहरु एक आपसमा जोडिएका हुन्छन्। विकिपिडियामा रहेका शब्द, लेख र पेनमा एक क्लिकमा जान सकिन्छ । विकीपिडियामा समय समयमा जानकारी अपडेट भइरहन्छ । त्यसैले यसमा नयाँ र नौलो कुरा पाइन्छ ।
विश्वका विभिन्न ३२९ भाषामा सञ्चालित विकिपिडियामा कुल एक करोडभन्दा बढी लेख रहेका छन्। प्रत्येक दिन संसारका हजारौं मानिसले एकै पटक वेवका सामग्री परिवर्तन गर्न सक्छन्र कयौं स्वतन्त्र लेखकले नयाँ लेख समेत लेख्न सक्छन्। विकिपिडिया दुई शब्द मिलेर बनेको छ ।
विकीको अर्थ छिटो हुन्छ भने पिडियाको अर्थ इन्साइक्लो पिडियाको सङक्षिप्त रुप हो । विकिपिडियामा छिटो छरितो किसिमले जानकारी प्राप्त गरिने विश्वको ज्ञानसागर भन्ने बुझिन्छ । हाल विकिपिडियाको नेपाली संस्करण पनि छ जुन सन् २००२ जुनमा सुरु गरिएको हो । हाल सम्म नेपाली भाषामा करिब ३२ हजार १६७ लेख रहेका छन्भने यस विकीपिडियामा पाँच जना प्रवन्धक र एक जना प्रशासक कार्यरत छन् ।
नेपालमा नेवार भाषा, भोजपुरी भाषा, मैथिली भाषा, डोटेली भाषामा, धर्म, संस्कृतिलाई विश्व सामु चिनाएको छ । अब नेपाली विकीपिडियामा बढी भन्दा बढी सत्य तथ्य परक सामग्री राखेर बृहत बनाउने प्रयत्न गर्नु आवश्यक छ ।
परीक्षा कोइराला
0 comment