काठमाण्डौं – कुनै बेला आँफु युद्धमा होमिएको सम्झदा बाच्छु जस्तो लागेको रहेनछ नव नियुक्त कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेलाई । विगतलाई सम्झँदै न्यौपाने भ्रन्छीन, युद्धमा जोगिएर उपसभामुख बनुला भन्ने मैले कल्पना पनी गरेकी थिएन ।
परिस्थितिले मानिसलाई कँहाबाट कहाँ पु¥यउादों रहेछ । जन युद्धको बेला देश र जनताको लागि ज्यान गए पनि जाला भनेर युद्धमोर्चामा लागेका थियौँ तर आज उपसभामुखको जिम्मेवारी आएको छ, उनले बताईन ।
कर्णाली प्रदेश सभाकी उपसभामुख यसोदा न्यौपानेको राजनीतिक जीवनको संघर्ष बेग्लै छ । उनी जुम्ला तातोपानी हिमशिखर माविमा अध्ययनरत हुँदा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष थिईन । जव मुलुकमा माओवादी द्वन्द्व बढ्दै गयो उनी ०५७ असोज ३ गते नेकपा माओवादीको पूर्णकालीन सदस्य बन्न पुगीन ।
परिवारको निर्णयअनुसार योसदालाई थप अध्ययनकालागि काठमाडौं पठाउने र भाइलाई माओवादी आन्दोलनमा पठाउँने कुरा थियो । तर परिवारको निर्णयलाई नमानेर उनी युद्ध मोर्चामा सहभागी भइन् ।
योसदाले भनीन्, २०५७ सालमा तत्कालिन प्रतिक्रियावादी सरकारले माओवादी पार्टीलाई निकै दमन गरिरहेको बेला यो पार्टीमा प्रवेश गरेर देशको निम्ति लड्न जान्छु भन्दा गाउँ र घरकाले अकालमै मर्न गई भनेर कुरा काट्थ्थे । ती विगतका दिन सम्झीँदा आफैँलाई पीडाबोध हुन्छ । तर मैले जनयुद्धमा लागेकोमा कुनै पनि पश्चाताप न भएको बताईन ।
माओवादी युद्धमा प्रवेश गरेको केही महिनामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी)को एरिया कमिटी अध्यक्ष हुदै जिल्ला सदस्य बनेकी यसोदा २०५८ मा पार्टीको एरिया सचिव, अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला सचिव र किसान संगठनको क्षेत्रीय ब्यूरो सदस्य बन्न पुगीन । ’तत्कालिन राजा ज्ञानेन्द्रको नेतृत्वको शाही सरकार र माओवादी पाटी बीचको युद्ध चर्किी रहेको बेला पाटीको निर्देशन अनुसार २०५९ मा माओवादी जनमुक्ति सेनामा सरुवा भएर प्लाटुन कमाण्डरको भूमिकामा निर्बाह गरिन् ।
जनमुक्ति सेनामा रहँदा घर गएको बेला तत्कालिन जुम्ला गर्जेङ्गकोट गाविसमा शाही नेपाली सेना र आफु आम्ने साम्ने भएको र गाउँकै एक दाइले बचाएको उनी सम्झिन्छिन् । उनले भनिन्, ’म जनमुक्ति सेना प्रवेश गरेकै वर्ष कालीकोटको सेरावाडामा शाही नेपाली सेनाको घेरामा परेँ । बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेनाको घेरामा परेकी कति बेला मर्छु जस्तै भएको थियो । दुश्मनले मलाई भनेर मेरो झोला खसेको ठाउँमा २५ राउण्ड गोली हान्यो तर म बाँचे ।
जनयुद्धका बेलाको बिर्सनै नसक्ने क्षण चाहिँ म्याग्दीको आक्रमणको रहेछ । त्यो बेला दुई दिन दुई रात खाना नपाएको क्षण सम्झिदा अहिले पनि उनलाई सपना जस्तो लाग्छ उनले भनिन् ।
जनयुद्ध अबधिभर जनमुक्ति सेनाको रुपमा काम गरेकी यसोदा पाटी शान्ति प्रक्रियामा आइसकेपछि उनका सहपाटी सबै जनमुक्ति सेनाहरु ब्यारेकमा बसे तर उनी खुला राजनीतिमा आइन् । माओवादी युवा संगठन योग कम्युनिष्ट लिग नेपालको महिला विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बनेकी यशोदा अहिले पाटीको केन्द्रीय सदस्य हुँदै कर्णाली प्रदेश सभाको उपसभामुख बनेकी छन् ।
अहिले, यो जिम्मेवारी पाउँदा उनी निकै खुसी लागेको बताउँछिन् । साथै कर्णाली प्रदेशसभाको नेतृत्व महिलाको काँधमा आएको छ, यससलाई कसरी प्रभावकारी गर्न सकिन्छ त्यसतर्फ ध्यान दिएर लाग्ने उनले बताइन् ।
0 comment