काठमाडौं - कोसी नदीमा निरन्तर बढेको पानीको बहावले खतराको सतह पार गरेको छ ।
आज दिउँसो पानीको बहाव १ लाख ५८ हजार क्यूसेक नाघेको छ । कोशी नदीमा १ लाख ५० हजार क्यूसेक पानीको बहाव पुगेपछि खतराको संकेतस्वरुप रातो झण्डा र बत्ती बालिएको छ ।
पानीको बहाव बढेपछि कोसी ब्यारेजमा ५६ मध्ये १८ वटा ढोका खुल्ला गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आगामी ३ दिनसम्म सप्तरीसहित आसपासका जिल्लाका साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान गरेको छ । साथै नदी तथा खोला आसपास बसोबास गर्नेलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ ।


0 comment