काठमाडौं - सेयर बजार लगातार ओरालो लागेपछि आक्रोशित लगानीकर्ताहरू नेपाल धितोपत्र बोर्ड (सेबोन) को कार्यालय घेराउ गर्न पुगेका छन्।
मंगलबार बिहान भेला भएका लगानीकर्ताहरूले बजारको निरन्तर गिरावटप्रति असन्तुष्टि जनाउँदै ललितपुरको खुमलटारस्थित बोर्डको कार्यालय पुगेका हुन्।
लगानीकर्ताहरूले बजारमा देखिएको लगातारको गिरावट रोक्न नियामक निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने, बजारमा देखिएका समस्या समाधानका लागि तत्काल पहल गर्नुपर्ने तथा लगानीकर्ताको मनोबल बढाउने नीतिगत निर्णय गर्नुपर्ने माग गरेका छन्।
सोमबार नेप्से परिसूचक ३०.६० अंकले घटेर २५७०.१८ विन्दुमा पुगेको थियो। आज पनि यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक नकारात्मक देखिएको छ।


0 comment