काठमाडौ:नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीले मानवश्रोत विकास विभागको प्रमुखका रूपमा आजबाट आफ्नो जिम्मेवारी सम्हाल्नुभएको छ ।
एआईजी कार्कीले यसअघि काठमाडौँ उपत्यकामा रहँदा शान्ति-सुरक्षा, अपराध नियन्त्रण, र नागरिकमैत्री प्रहरी सेवा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँको यस अनुभवले आगामी दिनमा प्रहरीको आन्तरिक जनशक्ति व्यवस्थापन र तालिम प्रणालीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
नेपाल सरकारले केही दिनअघि मात्र गरेको सरुवा निर्णयअनुसार, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सफल कमाण्ड पूरा गरी उहाँ उक्त विभागमा सरुवा हुनुभएको हो ।


0 comment