काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् । 

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन जानेक्रममा संचारकर्मीहरुसँग कुरा गर्दे महामन्त्री आचार्यले पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको बताए।

उनले पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने स्पष्ट पारे । 

उनले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए । महामन्त्री आचार्यले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै  शुसासनका विषयमा पार्टी सधै सरकारको साथमा रहने बताए ।