काठमाडौं - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको हो।

श्रेष्ठलाई पक्राउ गर्नुको कारण प्रहरीले औपचारिक रूपमा खुलाएको छैन। यद्यपि, विवादित बिचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि उनलाई पक्राउ गरिएको बुझिएको छ।प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको बताइएको छ।