काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) डेढ महिनापछि मंगलबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्। प्रधानमन्त्री शाह दिउँसो पौने २ बजे संसद् भवन पुगेका हुन्।
यसअघि उनी गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए। त्यतिबेला सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले विरोध जनाउँदै आएका छन्।
विपक्षी दलहरूले उक्त अभिव्यक्तिबारे प्रधानमन्त्रीले संसदमै आएर स्पष्टीकरण दिनुपर्ने माग गर्दै आएका थिए। तर त्यसपछि प्रधानमन्त्री शाह प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका थिएनन्।
मंगलबारको बैठकमा प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँगै संसद् प्रवेश गरेका थिए। बैठकमा प्रवेश गर्नुअघि उनीहरू र सभामुख डोलप्रसाद अर्यालबीच करिब पाँच मिनेट छलफल भएको थियो।
प्रधानमन्त्री शाह र सभापति लामिछाने संसद् प्रवेश गरेको विषयलाई लिएर नेकपा एमालेले भने नियमापत्ति जनाएको छ। एमाले सांसद ऐन महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘छ’ उल्लंघन भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
महरले राप्रपा सांसद खुश्बु ओलीले आफ्नो धारणा राखिरहेका बेला प्रधानमन्त्री शाह र रास्वपा सभापति लामिछाने सभामुखको आसन र बोलिरहेको सदस्यको बीचबाट हिँडेको दाबी गरे।
“प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड ‘छ’ मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचमा हिंड्न नहुने व्यवस्था छ।


0 comment