काठमाडौं - पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ र सेना प्रमुख सैयद असिम मुनिर इस्लामावादबाट स्विट्जरल्याण्डका लागि प्रस्थान गरेका छन्। 

अमेरिका र इरानबीच कूटनीतिक छलफल भइरहेको स्विट्जरल्याण्डतर्फ उनीहरू प्रस्थान गरेको प्रधानमन्त्री कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

युद्धविरामको घोषणा भएदेखि नै पाकिस्तानले अमेरिका(इरान वार्तामा एक प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ। 'इस्लामिक गणतन्त्र इरान र संयुक्त राज्य अमेरिकाबीच भएका समझदारीहरूको कार्यान्वयनलाई अगाडि बढाउन र समर्थन गर्न पाकिस्तानले निरन्तर सहयोग जारी राख्नेछ,' पाकिस्तानको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति मार्फत जनाएको छ।

यस वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्स  जारेड कुश्नर  र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ सहभागी हुनेछन्।