काठमाडौ:जिल्ला काठमाडौं तारकेश्वर नगरपालिका-५ लोलाङ धितालथोक क्षेत्रमा लागु औषध बेचबिखन भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंबाट खटिएको प्रहरी टोलिले ९७.६७० ग्राम लागू औषध खैरो हेरोइन सहित एकजनालाइ पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा जिल्ला नुवाकोट सुर्यगढी गाउँपालिका-२ घर भई काठमाडौं, धितालथोक बस्ने वर्ष अन्दाजी २२ को धिरज तामाङ रहेका छ्न।

 चेक जाँच गर्ने क्रममा तामाङ्ग को साथबाट प्लास्टिक सहित ९७.६७० ग्राम लागु औषध खैरे हेरोइन  सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको । जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता दान बहादुर थापाले जानकारी दिनु भयो।