काठमाडौं - इरान र अमेरिकाबीचको युद्ध अन्ततः अन्त्य भएपछि कच्चा तेलको मूल्य तीव्र रूपमा घटेको छ । ब्रेन्ट क्रुडको मूल्य १.५३ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.३३ अमेरिकी डलरमा पुगेको छ ।
यसैबीच भारतका सरकारी तेल बजार कम्पनीहरूले पेट्रोल–डिजेलको नयाँ मूल्यसूची सार्वजनिक गरेका छन् । भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर करिब १०२.१२ भारतीय रुपैयाँ र डिजेल ९५.२० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । आज इन्धनको मूल्यमा कुनै परिवर्तन गरिएको छैन ।
ग्लोबल पेट्रोल मूल्यको तथ्यांकअनुसार पाकिस्तानमा पेट्रोलको औसत मूल्य प्रतिलिटर १३०.८२ रुपैयाँबाट घटेर १२६.८४ रुपैयाँमा पुगेको छ । चीनमा पनि पेट्रोल सस्तो भएको छ । त्यहाँ पेट्रोलको मूल्य १३२.८१ रुपैयाँबाट घटेर १२५.३६ रुपैयाँ प्रतिलिटरमा झरेको छ । नेपालमा पेट्रोलको मूल्य १३६.४१ रुपैयाँबाट घटेर १३५.४७ रुपैयाँ प्रतिलिटरमा आएको छ ।
बंगलादेशमा पेट्रोलको मूल्य ११२.६८ रुपैयाँबाट घटेर १११.५१ रुपैयाँमा पुगेको छ । भुटानमा भने पेट्रोलको मूल्य १०९.७३ रुपैयाँमै स्थिर रहेको छ । श्रीलंकामा पेट्रोलको मूल्य १४२.०० रुपैयाँबाट घटेर १३९.५८ रुपैयाँमा झरेको छ । म्यानमारमा पेट्रोलको मूल्य १४०.२० रुपैयाँबाट घटेर ११८.३७ रुपैयाँ प्रतिलिटरमा पुगेको छ ।
राजधानी जयपुरमा पेट्रोल ११२.६६ रुपैयाँ र डिजेल ९७.७८ रुपैयाँ प्रतिलिटर रहेको छ । पटनामा पेट्रोल ११२.७० रुपैयाँ र डिजेल ९९.८७ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । लखनउमा पेट्रोल १०२.०५ रुपैयाँ र डिजेल ९९.२८ रुपैयाँ प्रतिलिटर छ । अयोध्यामा पेट्रोल १०२.४० रुपैयाँ र डिजेल ९७.८७ रुपैयाँ प्रतिलिटर रहेको छ ।
इन्दौरमा पेट्रोल ११४.६१ रुपैयाँ र डिजेल ९९.७० रुपैयाँ प्रतिलिटर छ । भोपालमा पेट्रोल ११४.६५ रुपैयाँ र डिजेल ९९.७४ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । रायपुरमा पेट्रोल १०७.९६ रुपैयाँ र डिजेल १०१.१७ रुपैयाँ प्रतिलिटर रहेको छ । बिजापुरमा पेट्रोल १०९.६९ रुपैयाँ र डिजेल १०२.९९ रुपैयाँ प्रतिलिटर छ ।


0 comment