काठमाडौं -  विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधिसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुले विरोध जारी राखेपछि आजका कार्यसूचीका सबै विषय हटाएर बैठक भोलिसम्मका लागि स्थगित गरेको जानकारी गराए ।

प्रधानमन्त्री बालेन्द्र शाहबाट व्यक्त सीमा विवाद सम्बन्धि अभिव्यक्ति र अर्थमन्त्रीबाट करको सुचना चुहावट गरेको भन्दै भन्दै विपक्षी दलका सांसदहरुले एक स्वरमा सदनमा विरोध गर्दै आएका छन् ।