काठमाडौं - काठमाडौं महानगरपालिका–६ कपनस्थित हरियो पुल नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

स्थानीयवासीका अनुसार सोमबार बिहान करिब ६ बजे घोप्टो परेर लडिरहेको अवस्थामा ती पुरुषलाई देखिएको थियो। घटनाबारे जानकारी प्राप्त भएपछि महाराजगञ्जस्थित प्रहरी वृत्तको टोली घटनास्थल पुगेको थियो।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाएको जनाएको छ।

हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया अगाडि बढाएको थियो।