काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलका सांसदहरुले आज पनि सदन चल्न दिएका छैन् । सभामुख डीपी अर्यालले पटकपटक आग्रह गर्दा पनि विपक्षी दलका सांसदहरु उभिए विरोध गर्न थालेपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएको छ ।

प्रधानमन्त्रीले नेपालले पनि छिमेकी मुलुक भारतको सिमाना मिचेको भनी संसद्‌मा दिएको अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरूले संसद्‌मा आफ्नो विरोधलाई थप सशक्त बनाएका छन्। सभामुखले संसद्‌को नियमित कार्यसूचीमा प्रवेश गर्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रतिपक्षी सांसदले प्रधानमन्त्री स्वयं आएर आफ्नो भनाइ नसच्याएसम्म संसद् चल्न नदिने अडान दोहोर्‍याएका छन्।