काठमाडौं - नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा डिकबहादुर  खत्री ‘कुमार' निर्वाचित भएका छन्।  निर्वाचन समितिका अनुसार उनले ३४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत र हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत पाए।

यसैगरी प्रथम उपाध्यक्षमा महेशकुमार बस्नेत २४१ मतसहित निर्वाचित हुँदा द्वितीय उपाध्यक्षमा अनिल बोगटी ३१५ मतसहित विजयी भए।

यसैगरी तृतीय उपाध्यक्षमा लक्ष्मण पौडेल र महासचिवमा हरि डाँगी २७३ मतसहित विजयी भए। उनका प्रतिस्पर्धी नुर महमद मियाले २४९ मत प्राप्त गरे भने अमरप्रकाश तिवारीले १६३ मत पाए।