काठमाडौ:मेरो कृति “असमानताको खाल्डोमा समानताको खोजी (नारी रेखा)” को लोकार्पण समारोह अत्यन्त भव्य, सभ्य र गरिमामय वातावरणमा सम्पन्न भएको छ। 
पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल रहनुभएको थियो। त्यसैगरी सार्वजनिक लेखा समितिका सभापति, कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पुस्तकमाथि वरिष्ठ विश्लेषक मोहन अन्सारी तथा प्रा. डा. सुरेन्द्र केसी ले गहन समीक्षा र विश्लेषण प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी सदस्य सावित्रीकुमारी शर्मा, मानव अधिकार आयोगकी सदस्य लिली थापा, समावेशि आयोगका माननीय पुष्प तिमल्सिना, नेपाली कांग्रेस केन्द्रीय सदस्य नारायण भट्टराई, संघीय संसद सदस्य मदनकृष्ण श्रेष्ठ, समाजसेवी प्रविन बेघा लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सम्मानजनक उपस्थिति रहेको थियो।साथै शुभकामना  दिनु भएको थियो।

यसका अतिरिक्त विभिन्न संघ–संस्था, नागरिक समाज, बुद्धिजीवी, अधिवक्ता, पत्रकार, आमा समूह, सामाजिक अभियन्ता, राष्ट्रसेवक कर्मचारी, महिला अधिकारकर्मी, शुभेच्छुकहरुको  उल्लेखनीय सहभागिता रहेको थियो। उपस्थित सबै महानुभावहरूले पुस्तकमार्फत उठाइएका विषयवस्तुहरू समयसापेक्ष, यथार्थपरक र समाज रूपान्तरणका लागि प्रेरणादायी रहेको धारणा व्यक्त गर्नुभयो।

कार्यक्रम केवल पुस्तक विमोचनमा सीमित नभई महिला अधिकार, सामाजिक न्याय, समान अवसर, राज्यका निकायहरूको उत्तरदायित्व तथा समतामूलक समाज निर्माणबारे गम्भीर छलफलको साझा मञ्चसमेत बनेको थियो। कार्यक्रमको सफलताले लेखकका रूपमा मलाई थप जिम्मेवार र उत्साहित बनाएको लेखक कृष्ण कुमारी पौडेल खतिवडाले बताउनु भयो।
यस ऐतिहासिक अवसरलाई सफल बनाउन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा, साथ र शुभकामना प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। 

“असमानताको खाल्डो गहिरो भए पनि समानताको खोजी कहिल्यै रोकिनु हुँदैन।
लेखकले महिला अधिकार, सामाजिक न्याय, समानता तथा मानवीय मूल्यका पक्षमा निरन्तर उठाइएका आवाजहरूलाई पुस्तकका माध्यमबाट अभिव्यक्त गर्ने प्रयासस्वरूप प्रकाशित यस कृतिले उपस्थित महानुभावहरूबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।