काठमाडौं - कोसी प्रदेश सरकारले आइतबारको बिदा हटाउने तयारी गरेको छ ।
सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी स्वरुप मुख्यमन्त्री हिक्मत कुमार कार्कीले यस बारेमा सरोकारवाला र सर्वसाधारणसँग सुझाव माग गरेका छन्।
मुख्यमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत मन्त्रालय र मातहतका कार्यालयहरूमा हप्ताको ६ दिन नै कार्यदिन कायम गर्ने विषयमा राय मागेका हुन्। सामाजिक सञ्जालमा मागेको सुझावमा अधिकांशले आइतबारको विदा कतौती गर्न सुझाव दिएका छन्। मुख्यमन्त्री कार्कीले पनि सातामा दुई दिन बिदा दिने साविकको व्यवस्था व्यवहारिक नदेखिएको उल्लेख गर्दै आएका छन् ।


0 comment