काठमाडौं - संखुवासभाको पाँचखपन नगरपालिकाकी एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पाँचखपनका ३० वर्षीय अरुण राईलाई इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका राईले बालिकालाई विभिन्न प्रलोभनमा पारी फकाई जबरजस्ती करणी गरेको खुलेको छ । घटनापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए । प्रहरीका अनुसार पक्राउ परेका राईविरुद्ध जबरजस्ती करणी मुद्दामा संखुवासभामा जिल्ला अदालत चैनपुरमा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ । पीडित बालिकाको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।


0 comment